काठमाडौं । रसायनिक मलका बारेमा जानकारी लिन राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधान कृषि मन्त्रालय पुगेका छन् ।किसानले मल अभाव भएको गुनासो गरेपछि मलका बारेमा बुझ्न आफू मन्त्रालय गएको उनले सुनाए ।

कृषि मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मासंग युरिया र डीपीए मलको मौज्दाताका बारेमा जानकारी लिएको प्रधानले बताए ।युरिया र डिपिए मल के कति कारणले आपुर्ति गर्न नसकिएको हो र यसको समाधान कसरी गर्ने भन्ने विषयमा सचिव शर्मासँग छलफल गरिएको प्रधानले बताए ।
मन्त्रालयका सचिव शर्माले रसायनीक मलको मौज्दात र आपूर्ति समस्याबारे बताएको बताउँदै सांसद प्रधानले भने, ‘किसानको मुख्य समस्या भनेकै मल नपाउने हो । यस विषयमा मैले सचिव ज्यूसंग छलफल गरेको छु । समस्या समाधानका लागि सरकारलाई दबाब दिन्छु।’प्रधान नवलपरासी २ बाट निर्वाचित सांसद हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !