कपिलवस्तु । कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट अवैध लागूऔषध अफिमजस्तो देखिने पदार्थ करिब १५ केजी सहित रुकुम काक्री गाउँपालिका-९ घर भएका हाल दाङ तुल्सीपुर उपमहानगरपालिका-१७ मानपुर बस्ने ४३ वर्षीया आशा कुमारी बुढा लगायत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारततर्फ जाँदै गरेका उनीहरुलाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकाइछिपाई लैजाँदै गरेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !