Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

गगन-विश्वले युवाको नेतृत्व गर्न सक्दैनन्, फेरि देउवा नै प्रधानमन्त्री : सांसद राठाैर


गगन-विश्वले युवाको नेतृत्व गर्न सक्दैनन्, फेरि देउवा नै प्रधानमन्त्री : सांसद राठाैर

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् नवनिर्वाचित प्रतिनिधि सभाका सांसद किशोरसिंह राठौरले संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाले सजिलै रुपमा जित्ने बताएका छन् ।

कांग्रेसका नेता राठौरले देउवाले चाहेमा दलको नेतामा जित सुनिश्चित रहेको बताए । देउवालाई गगन थापाले जित्न नसक्ने उनले बताए ।

उनले भने, ‘गगन थापा र विश्वप्रकाश शर्माजीहरूले मोर्चाबन्दी गर्नुभएको छ वा छैन मलाई थाहा छैन । मसँग कुनै कुरा भएको छैन । उहाँहरू दुई जनाले मात्रै भनेर कांग्रेस हिँड्ने पार्टी होइन ।’

उनले भने, ‘के बुझ्न जरुरी छभने कांग्रेसले अहिले चार पुस्ताले नेतृत्व गरिरहेको छ । एउटा ७० माथिको पुस्ता छ, एउटा ६० माथिको पुस्ता छ, एउटा ५० माथिको पुस्ता र ४० माथिको पुस्ताले नेतृत्व गरिरहेको छ । उहाँहरू ४० माथीको पुस्तामा पर्नु हुन्छ ।’

‘त्यसैले उहाँहरूले भन्दैमा कांग्रेसमा उलटपुलट हुने कुरा केही पनि छैन । उलटपुलट हुन्छ भन्ने उहाँहरूलाई लागेको होला, मलाई त्यस्तो लाग्दैन’, नेता राठौरले भनेका छन् ।

‘अहिले देशको अवस्था पनि नाजुक छ । गठबन्धनले जुन अपेक्षा गरेको थियो त्यो अपेक्षा गरेअनुरुपको परिणाम पनि आउन सकेको छैन’, उनले भने, ‘परिणाम आउन नसक्नुमा त सबै जिम्मेवार छन् ।’

‘नेतृत्वमा त उहाँहरू (गगन र विश्वप्रकाश) पनि हुनुहुन्छ । उहाँहरू पनि पार्टीको महामन्त्री हुनुहुन्छ । टिकट बाँड्ने ठाउँमा उहाँहरूको सिग्नेचर गरेर टिकट वितरण भएको छ । जिम्मेवारी त सबैले लिनुपर्‍यो नि ? म पार्टीको सह–महामन्त्री छु हामी सबैले जिम्मेवारी लिनुपर्‍यो’, राठौरले भनेका छन् ।

‘कांग्रेस ठूलो पार्टी त भएको छ । हिँजो हामी २१ सिटमा थियौँ । अपेक्षा गरेको अनुसार रिजल्ट आउन सकेन होला । हिँजो हामी कुन पोजिशनमा थियौँ र आज कुन पोजिशनमा पुगेका छौँ’, उनले भने, ‘तर, पनि मेरो भनाइ के हो भने पार्टी जुन ढंगले चल्नुपर्ने थियो, चलाउनुपर्ने थियो त्यो ढंगले चल्न सकिरहेको छैन । र, दुइटा युवा महामन्त्रीहरूले पार्टी निर्माण गर्ने, पार्टीभित्र पुनःजागरण गर्ने, पार्टीभत्र अनुशासन कायम गर्ने काममा लाग्नुपर्‍यो भन्ने मेरो भनाइ हो ।’

‘पार्टी सभापतिले काम गर्न नसकेको भए १४औँ महाधिवेशनमा उहाँले कसरी यत्रो मत ल्याएर कसरी निर्वाचन जित्नुभयो ? सभापति शेरबहादुर देउवाज्यूले यत्रो गठबन्धनको सरकार चलाइराख्नुभएको छ । यत्रो स्थानीय निर्वाचन, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन उहाँले सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । उहाँले गर्नै सक्नुभएको छैन भन्ने यो कुरा त राम्रो भएन’, उनले भनेका छन् ।

उनले भने, ‘सभापति देउवाले राम्रो काम गर्नुभएको छ वा छैन भन्ने कुरा त पार्टीभित्र छलफल गरौँ न । केन्द्रीय कार्यसमितिमा छलफल गरौँ ।’

‘संसदीय दलको निर्वाचनमा कसको के हैसियत छभन्ने कुरा केही दिनमै थाहा हुन्छ नि ? अहिले बाहिर चिच्याउँदै हिँडेर अर्थ त छैन । पार्टीभित्र जुन किसिमले छलफल हुनुपर्ने थियो त्यो किसिमले छलफल त भएको छैन । युवाजमातमा छलफल हुनु पर्दैन ? हामीसँग त कुनै छलफल भएको छैन’, राठौरले भनेका छन् ।

‘आफ्नो पार्टीको सभापतिलाई असक्षम भन्ने, नालायक भन्ने, असफल भन्न पाइन्छ ? काम गर्न सकेन भन्न पाइन्छ ? उहाँहरूले कुन आधारमा भन्ने ?’, उनले प्रश्न गरेका छन् ।

‘नयाँ पुस्तालाई गराउने हो भने म तयार छु त । उहाँहरू छलफल गर्नु परेन मसँग ? पार्टीभित्र उहाँको एजेण्डा के हो ? उहाँको एजेण्डालाई कार्यान्वयन गर्न म तयार छु त’, उनले भने, ‘महामन्त्रीलाई विधानले भूमिका दिएको छ । हामी सह–महामन्त्रीलाई विधानले कुनै भूमिका पनि दिएको छैन । मलाई अगाडि सारे पनि हुन्छ उहाँहरूले । छलफल गर्नुपर्‍यो नि त । दुइटा महामन्त्रीले मात्रै छलफल गरेर हुन्छ त ? विश्वप्रकाश शर्माले प्रधानमन्त्रीमा गगन थापाको नाम अगाडि सार्नुभयो भने ठीक छ त । के समस्या भयो त ? त्यो त पाइयो नि ?! जसले जलाई समर्थन गर्न पाइयो नि ।’

‘भोलिका दिन तपाईहरूले थाहा पाइहाल्नुहुन्छ नि । पार्टीभित्र कसको कति हैसियत छभन्ने कुरा । पार्टीको संसदीय दलको निर्वाचनमा को–कोले उम्मेदवारी हाल्नुहुन्छ ? कुन परिस्थिति हुन्छ भन्ने कुरा त भोलि थाहा पाइहाल्नु हुन्छ नि’, उनले भनेका छन् ।

‘गठनको नेतृत्व गरेर निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर कांग्रेसलाई ठूलो पार्टीको रुपमा शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा पुर्‍याउनुभएको छ’, उनले भनेका छन् ।

‘कांग्रेस कसको कारणले जित्यो त ? उहाँहरू (गगन र विश्वप्रकाश)को कारणले देशमा कसले चुनाव जित्यो त ? देशको कुन क्षेत्रमा उहाँहरूको प्रभावका कारण चुनाव जित्यो भन्नु पर्‍यो नि त ? छलफल गरौँ न त । कहाँ जित्यो ? विश्वजी तेस्रो पटकमा जितेर आउनुभएको छ । गगनजी आफ्नो क्षेत्र छोडेर हिँड्न नसकेको परिस्थिति छ’, नेता राठौरले भनेका छन् ।

‘युवा भनेको गगनजी र विश्वजी मात्रै होइन । वास्तवमा संविधानले भनेअनुसारको युवा त उहाँहरू पनि रहनुभएन । कांग्रेसमा हामी पनि युवा नै भनेर चिनिन्छौँ’, उनले भनेका छन् ।

‘अहिले शानदार जित भनेको त प्रदीप पौडेलले जितेर आउनुभयो । काठमाडौंकै कुरा गर्नु हुन्छ भने हामीले धेरै लामो समयमा काठमडौं ५ मा २०७० सालदेखि हारेको ठाउँ हो, त्यसमा जितेका छौँ । ०७० सालदेखि हार्दै आएको ठाउँमा प्रदीपजीले जितेर आउनुभयो नि त । उहाँसँग पनि बसेर कुनै कुरा भएको छैन’, उनले भनेका छन् ।

‘युवा भनेका त धेरै छन् नि त । देशभरिबाट जितेर आएका छन् । पार्टीभित्र युवा र बुढापुस्ता भनेर विभाजन गर्नुपर्ने काम गर्नुभएन । पार्टीमा सबैको लगानी छ’, उनले भनेका छन्, ‘कोही राम्रो भाषण गर्ने हुनुहुन्छ । कोही संगठन गर्ने हुनुहुन्छ । कोही आवश्यक परेका बेला पार्टीलाई संरक्षण गर्ने हुनुहुन्छ । कोही परेको बेला पार्टीलाई आर्थिक रुपले संरक्षण गर्ने पनि चाहिन्छ । राम्रो लेख्ने मान्छे पनि चाहिन्छ । सबै किसिमको मान्छेले पार्टी हुने हो । एककिसिमको मान्छेले पार्टी हुने होइन । उहाँहरू त युवामा निर्विकल्प नेता त होइन कांग्रेसभित्र । हामी पनि छौँ ।’

उनले भने, ‘पार्टीभित्र कुन किसिमको परिस्थिति हुन्छ । पुरानो जेनरेशनले छोड्न तयार हुन्छ कि हुँदैन । हामीले उहाँहरूलाई छोडाउन सक्छौं कि सक्दैनौँ । उहाँहरू छोड्न तयार हुनुहुन्छ कि हुनु हुँदैन । त्यसपछि सेकेण्ड लेएर छ, थर्ड लेएर छ, फेर्थ लेएर छ । एउटा लेएरले मात्रै हामीलाई छोड्नुपर्छ भनेर हुँदैन, हामीले के गर्ने ? शेरबहादुर दाई र रामचन्द्र दाईले छोड्ने हो भने त्यसपछिको लेएरले के गर्ने ? गगनलाई समर्थन गर्ने कुरा समय आएपछि थाहा हुन्छ ।’

‘हामी पनि युवा हौँ । ४० वर्षको राजनीतिमा अहिलेसम्म अवसर पाएका छैनौँ । तर, हामी काम गरिरहेका छौँ । पार्टीको संगठन बनाइरहेका छौँ । पार्टीलाई बचाउन लागीरहेका छौँ । पार्टीलाई बलियो बनाउन लागेका छौँ’, उनले भनेका छन् ।

‘शेरबहादुर देउवालाई संसदीय दलमा अहिले चाहेमा हराउन सक्ने क्षमता छैन । गगनले पनि हराउन सक्नु हुन्न । शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच छलफल होला । शेरबहादुर देउवा संसदीय दलको नेता बन्न चाहनुभयो भने सक्नु हुन्छ । बिकल्प जसको पनि हुन्छ । नेतृत्व हस्तान्तरण गर्नुपर्ने अवस्था छ कि छैन ? त्यो पनि पार्टीभित्र गम्भीर रुपमा छलफल हुनुपर्‍यो नि त । बाहिर मिडियामा हस्तान्तरण गर्नुपर्‍यो भन्ने हो त ? पार्टीको केन्द्रीय समितिमा छलफल हुनुपर्‍यो । कार्यसम्पादनमा छलफल हुनुपर्‍यो । शेरबहादुर दाई र रामचन्द्र दाईले छोड्नुपर्ने अवस्था छ कि छैन ? जबरजस्ती छोराले बाबुलाई घरबाट निकालेर चल्दैन’, उनले भनेका छन् ।

‘पार्टीमा कसैले छोड्नुपर्‍यो भनेर हुँदैन । नेतृत्व गरेर अगाडि आउन सक्नुपर्‍यो । एकैचोटी फड्को मार्न खोजेर हुन्छ त ? पदाधिकारीमै चार जेनेरेशनमा छौँ’, उनले भनेका छन् ।

‘शेरबहादुर देउवा र रामचन्द्र पौडेलले छोडेमा गगन र विश्वजीले मलाई छोड्नु हुन्छ त ?’, नेता राठौरको प्रश्न छ ।

‘म राजनीति पाउनको लागि गरेको होइन । राजनीति भनेको दिनको लागि गर्ने हो । दिनुपर्छ । दिन तयार हुनुहुपर्छ । यो देशमा जति पनि विकाश भएको छ त्यो हामीले ०४८ मा जितेपछि हामीले लिएको उदार अर्थनीतिले गर्दा हो । कांग्रेसको अर्थनीतिको कारणले विकास भएको हो’, उनले भनेका छन् ।

‘हो हामीले भ्रष्टाचार नियन्त्रण गर्न सकेनौँ । भ्रष्टाचार निर्मूल गर्छौ भनेर आएका छन् पार्टीहरू, गरेर देखाउनु । गरेर देखाए भैगयो नि । गफ गर्नु, बिरोध गर्नु सजिलो हुन्छ । हामीले सकेनौँ । सुशान गर्नुपर्छ । मिडियामा ठूला कुरा गर्नेले गरेर देखाए हुन्छ नि’, उनले भनेका छन् ।

‘हामीले देशमा परिवर्तन गर्‍यौं । देशमा परिवर्तन गर्छौ भन्नेले गरेर देखाए भइहाल्यो नि’, उनले भनेका छन् ।

‘युवा र पुराना भनेर पार्टीभित्र मतभेद गर्नुपर्ने परिस्थिति छैन । उहाँहरूलाई पार्टीले जिम्मेवारी दिएको छ । पार्टीका साथीहरू विश्वास गरेर महामन्त्री बनाउनु भएको छ । उहाँहरू पनि चुनाव जितेर आउनुभएको छ । हामी पनि जितेर आएका छौँ’, राठौरले भनेका छन् ।

‘उहाँहरूले यो पार्टीलाई कसरी पुनःजागरण गर्ने ? पार्टीमा अनुशासन छैन । पार्टीमा संगठन विस्तार हुन सकेको छैन । हिजो गिरिजाप्रसाद कोइरालाले जुन संगठन छोडेर जानुभएको थियो त्यो संगठन बढ्न सकेको छैन । घटेको होला बढेको छैन’, उनले भनेका छन् ।

‘समानुपातिकमा ४ प्रतिशत मत कम भएको परिस्थिति छ’, कांग्रेसका सह–महामन्त्री राठौरले भनेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh