काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि यौन शोषणको आरोप लागेको छ ।एक महिलाले उनिबिरुद्ध आफूलाई बन्धनक बनाएर वर्षौँदेखि बलात्कार गर्दै आएको आरोप लगाएकी हुन् ।

पीडित महिलाले गिरीबिरुद्ध बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि उनी राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर सहायता मागेको बुझिएको छ ।त्यसपछि कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न निर्देशन दिँदै पत्र पठाएका थिए । उता मानव अधिकार आयोगले भने न्यायपरिषदलाई समेत उजुरी र पत्रको बोधार्थ पठाएको बताइएको छ ।
५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरिरहेको पीडित महिलाको आरोप छ ।ती महिलाले राष्ट्रिय मानवअधिकार आयोगमा आएर पटकपटक करणी गरेर गर्भसमेत बसेपछि पटक पटक गर्भपतनसमेत गराएको खुलाएकी छन् ।
उता आरोपित न्यायाधीश गिरी भने आयोगले सोधपुछ र अनुसन्धान थालेपछि न्यायाधीश गिरी १५ दिने बिदा बसेका छन् ।
त्यस्तै मानवअधिका आयोगको पत्रपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पनि गिरीमाथि अनुसन्धान थालेको छ ।

















