स्याङजा । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

अर्यालले निकटम प्रतिस्पर्धी नेकपा एमालेका मोहन प्रसाद रेग्मीलाई २ हजार ७३० मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।अर्यालले १५ हजार १६१ मत ल्याए भने रेग्मीले १२ हजार ४३१ मत ल्याएका छन् ।
गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य समेत रेग्मी २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढी मत अन्तरले निर्वाचित भएका थिए । रेग्मी एमालेको संगठन मजबुत भनिएको आफ्नै वडामा समेत कमजोर भए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !