काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भेटघाट गरेका छन् ।

प्रचण्डको निजी सचिवालयका अनुसार खुमलटार पुगेर खड्काले प्रचण्डलाई भटेका हुन् ।भेटका क्रममा खड्काले गोरखाबाट निर्वाचित भएकोमा प्रचण्डलाई बधाई दिएका थिए ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भेटमा राजनीतिक कुराकानी भए-नभएकोबारेमा कुनै जानकारी नभएको बताए ।सत्ता गठबन्धनले नयाँ सरकार बनाउने तयारी गरिरहेको छ । प्रचण्ड पहिलो चरणमै नेतृत्वको दावेदार छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !