काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले भेटघाटमा व्यस्त भएका छन् ।

बिहीबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् ।
अध्यक्ष प्रचण्डलाई भेट्न राउत प्रचण्डनिवास खुमलटार पुगेको प्रचण्डको सचिवालयले जनाएको छ । दाहाल निवास खुमलटार पुगेर राउतले समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन् ।
राउत र दाहाल दुवैले निर्वाचन जितेकोमा एक अर्कामा बधाई साटासाट गरेका थिए । सो क्रममा दाहालले सत्ता गठबन्धनसँग सहकार्य गर्न प्रस्ताव राखेका थिए । दाहालको प्रस्तावमा राउतले आफूहरू सकारात्मक रहेको जवाफ दिएका थिए ।
राउत नेतृत्वको दल मधेश प्रदेशमा सरकार निर्माणमा निर्णायक शक्तिको रुपमा रहेको छ । आज मात्रै उनले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।

सो भेटवार्तामा पनि उनले सरकारमा सहभागी हुनेबारे आफूहरू सकारात्मक रहेको जवाफ दिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !