बर्दिया । बर्दिया-१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेस उम्मेदवार संजय कुमार गौतम निर्वाचित भएका छन् ।उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लक्ष्मणराज ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

गौतमले ३० हजार ६११ मत पाउँदा उनका प्रतिस्पर्धी ज्ञवालीले २६ हजार १५५ मत मात्र ल्याए ।यस्तै नागरिक उन्मुक्ति पार्टीका ठाकुर सिंह थारूले २३ हजार ९९३ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुसालले ११ हजार ४मत ल्याए ।
यस्तै जनमत पार्टीका उम्मेदवारसोहराव पठानले २ हजार ३५५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीकासूर्यबहादुर सिंहले २ हजार २६६ मत र जनता समाजवादी पार्टीका रेशम बहादुर खत्रीले १ हजार मत मात्र पाए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !