काठमाडौं । पाल्पा जिल्लाको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का ठाकुरप्रसाद गैरे विजयी भएका छन् । एमालेका गैरे २७ हजार ८१७ मत ल्याएर विजयी भएका हुन् ।

गैरैले नेकपा (एकीकृत समाजवादी)का सोमप्रसाद पाण्डेयलाई ३ हजार ९६६ मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले २३ हजार ८५१ मत प्राप्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ५ हजार १८०, मंगोल नेशनल अर्गनाइजेसनका मनबहादुर दर्लामीले १ हजार ४८८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगरले ५१५ मत पाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !