सल्यान । नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

३५ हजार ७०० मतसहित ज्वाला निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत पाएका छन् ।
ज्वाला र शाहबीचको मत अन्तर १५ हजार ९११ छ ।एमालेका उमेदवार राजेन्द्रवीर रायले तेस्रो स्थानमा रहे । उनले १३ हजार २९ मत पाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !