काठमाडौं । दाङ जिल्लाको तीन वटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एककिृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले ११ हजार ४१२ मतसहित अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शान्ता चौधरीले सात हजार ७८४ मत पाएकी छन् ।
सहरी विकासमन्त्री समेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि आफ्ना प्रतिस्पर्धी शान्ताभन्दा ३ हजार ६२८ मतले अगाडि छन् । त्यस्तै, यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ६ हजार ५१७ मत पाएका छन् । यहाँ मतगणना जारी छ ।
यस्तै, दाङ–२ पनि सत्ता गठबन्धनका उम्मेदवार रेखा शर्माले अग्रता लिइरहेका छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार शर्माले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका शंकर पोखरेललाई ३५२ मतले पछाडि पारेका छन् । रेखाले २३ हजार १८० मत पाउँदा पोखरेलले २२ हजार ८२८ मत पाएका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले १३ हजार ६०४ मत पाएका छन् । यहाँ मतगणना जारी छ ।
यस्तै, दाङ–३ मा पनि सत्ता गठबन्धनकै उम्मेदवारले अग्रता लिइरहेका छन् । यहाँ नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरि १९ हजार १३७ मतसहित अगाडि छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कोमल वलीले १५ हजार १३ मत पाएका छन् । कोमल वलीभन्दा दीपक गिरि ४ हजार १२४ मतले अगाडि छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुबेदीले ७ हजार ७७५ मत पाएका छन् । यहाँ अहिले मतगणना जारी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !