काठमाडौं । सिन्धुली क्षेत्र नं. २ को प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्रका गंगानारायण श्रेष्ठ विजयी भएका छन् ।उनी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राम कुमार पौडेललाई ३ हजार २१२ मत अन्तरले पछि पार्दै प्रदेश सभामा विजयी भएका हुन् ।

श्रेष्ठले १३ हजार १ र पौडेलले ९ हजार ७८९ मत पाएका छन् ।प्रदेश सभा १ मा नेपाली कांग्रेसका छेत्रबहादुर बम्जन १६ हजार ८३५ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विनोद कुमार खड्काको मत ११ हजार ६३३ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !