चितवन । चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले आफ्नो निकटतम् प्रतिद्वन्द्धी नेकपा (एमाले)का कृष्णभक्त पाखरेललाई १ हजार २५१ मतान्तरले पछि पार्दै अग्रता कायमै राखेका हुन् ।
रविले ५ हजार ५४२ मतका साथ अग्रता कायम गरिरहँदा एमालेका पोखरेलले ४ हजार २९१ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ७२२ मत प्राप्त गरेका छन् ।
