उदयपुर । उदयपुरको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का अम्बरबहादुर रायमाझी विजयी भएका छन् ।

रायमाझीले १५ हजार २५१ मत ल्याएर निर्वाचित भएका हुन् ।रायमाझीका प्रतिस्पर्धी एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत प्राप्त गरे, भने स्वतन्त्र उम्मेदवार रामकुमार राई १० हजार ३७९ मतका साथ तेस्रो भए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !