काठमाडौं । सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके राउत)को जित निश्चित बन्दै गएको छ । यससँगै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पराजय नजिक पुगेका छन् ।

पछिल्लो मतपरिणामअनुसार सिके राउतले १५ हजार ३४ मत पाएका छन् भने उपेन्द्र यादवले ७ हजार २७१ मत पाएका छन् । यो मत दोब्बरभन्दा बढी हो । त्यसैले एमालेसँग तालमेल गरेर चुनावी मैदानमा उत्रिएका यादवको पराजय निश्चित देखिएको छ ।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा उनी विजयी भएका थिए । त्यसबेला उनले २१ हजार ६२० मत ल्याएका थिए । तर, यस पटक उनले १० हजार मत पनि पाउने सम्भावना देखिँदैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !