धनगढी । डोटी प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवसिंह ओलीले अग्रता लिएका छ्न ।ओलीले ३ हजार ४८२ मत सहित अग्रता लिएका हुन ।
ओली सत्ता गठबन्धनका साझा उम्मेदवार हुन । ओलीलाई पछ्याइ रहेका नेकपा एमालेका उम्मेदवार टेकबहादुर बमले ३ हजार २८१ मत प्राप्त गरेका छन । हालसम्म ७ हजार ४१५ मत गणना भएको तथा ३९० मत बदर भएको जनाइएको छ ।
सो क्षेत्रमा गत निर्वाचनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभा सदस्यमा निर्वाचन जितेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !