बारा । बारा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिएको छ । २ हजार ७८६ मत गन्दा एमालेका उम्मेदवार अच्युतप्रसाद मैनालीले १ हजार २५२ मत पाएका छन् ।
उनलाई सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खानेपानीमन्त्री उमाकान्त चौधरीले १ हजार १८५ मतसहित पछ्याइरहेका छन् ।
यस्तै स्वतन्त्र पार्टीका उम्मेदवार गणेश धिमालले ८७, हाम्रो नेपाली पार्टीका उम्मेदवार राकेश न्यौपानेले ६९ मत ल्याएका छन् ।बारा-१को मतगणना कोल्बी नगरपालिकाको नयाँ भवनमा जारी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !