काठमाडौं । चुनावका बेला मतदातालाई आतंकित पार्ने उद्देश्यले विभिन्न ठाउँमा शंकास्पद बस्तु राख्ने घटना बढेको छ ।
बुधबार नेपालगञ्ज र भोजपुरमा बम विस्फोट भएको थियो । बम विस्फोटमा परेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केही कार्यकर्तासमेत घाइते भएका थिए ।
शनिबार पनि दार्चुलाको गोकुलेश्वर र नवलपरासीमा शंकास्पद बस्तु फेला परेको छन् । उक्त बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार हालसम्म देशभरका ११ स्थानमा भेटिएका शंकास्पद बस्तुलाई सेनाको टोलीले डिस्पोज गरेको छ ।
यसै चुनाव विथोल्न शंकास्पद गतिविधि गर्ने १ सय ९५ जनालाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।
उनीहरूमाथि अनुसन्धान भइरहेको डीआईजी राईले बताए । देशभर चुनाव बिथोल्ने समूहमाथि प्रहरीले निगरानी बढाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !