धरान । वीपी प्रतिष्ठान धरानले दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

मङसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन हुँदै छ । सरकारले उक्त दिन सार्वजनिक बिदा दिने भएकाले प्रतिष्ठानमा इमर्जेन्सीबाहेकका अन्य सेवा बन्द हुने भएको हो ।
प्रतिष्ठानका अनुसार अस्पतालतर्फको अन्तरंग सेवा, आकस्मिक सेवा र पूर्व निर्धारित परीक्षाका कार्यक्रमहरू आदि बाहेक बहिरंग सेवा (ओपीडी) प्रशासनिक तथा शैक्षिक कार्यालयहरू बन्द रहने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !