काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेका सूर्य थापालाई स्पष्टीकरण सोधेको छ ।
प्यूठानबाट प्रतिनिधि सभामा उम्मेदवार रहेका थापालाई सामाजिक सञ्जालमा भेलुबाजेको नामबाट चिनिएका मीनबहादुर बुढालाई २ हजार रुपैयाँ दिई निर्वाचन प्रचारप्रसारमा सहभागी गराएको बारेमा आयोगले स्पष्टीकरणा सोधेको हो ।
स्पष्टीकरणमा भनिएको छ, ‘निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गर्नु भएको हो, होइन ? तपाईंले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारवाही हुनु नपर्ने हो ? यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगाना [email protected] मा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार निर्देशन दिइएको छ ।’
प्यूठानमा गएर थापाको प्रचारप्रसारमा सहभागी भएका बुढाले केही दिनअघि आफूलाई चुनाव प्रचारमा गए वापत थापाले २ हजार रुपैयाँ दिएको बताएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !