महोत्तरी । श्रीमानबाट शारिरिक तथा मानसिक यातना भोगीरहेकी महोत्तरी औरहीकी नेहा चौधरी प्रकरणमा नेपाल प्रहरीका प्रमुख आईजिपी धिरजप्रताप सिंहले महोत्तरी प्रहरीलाई छानबिन गरि कडा कार्बाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीलाई टेलिफोन मार्फत आईजिपी सिंहले तत्काल छानबिन गरि दोषी उपर कडा कार्वाही गर्न निर्देशन दिएका हुन् ।
जनप्रभाब राष्ट्रिय साप्ताहिकसँगको कुराकानीका क्रममा नेहा चौधरी प्रकरणबारे बोल्दै आईजिपी सिंहले दोषी उपर कडा कार्वाही गर्न आफूले महोत्तरीका एसपी पंगेनीलाई निर्देशन दिएको बताए ।
नेहा चौधरीमाथी भएको घट्नामा संलग्न उनका श्रीमान पंकज चौधरी लगायतलाई कानुनको दायरमा ल्याएर कार्बाही अगाडी बढाउन निर्देशन दिएको छु , आईजिपी सिंहले भने , यस घटनाबारे तिब्र अनुसन्धान भईरहेको छ ।
काठमाडौंको टाइम्स कलेजमा ११ कक्षामा पढ्दा नेहाले महोत्तरीकै रामगोपालपुर नगरपालिका–५ का पंकज चौधरीसँगको प्रेम सम्बन्धलाई मुर्त रुप दिदै २०७८ फागुन २५ गते नेपाली धार्मिक परम्परा अनुसार उनीहरुले जनकपुरको राजदरबार होटलमा विवाह भएको थियो ।
नेहाका अनुसार बुवा सुरेश चौधरीले विवाह अघि मागअनुसार पंकजको परिवारलाई ५१ लाख रुपैयाँ नगद तिलक स्वरुप दिएका थिए । त्यस्तै विवाहमा २० तोला सुन, टीभी, दराज फर्निचरसहितको सरसमान दिँदा करिब १ करोड २५ लाख रुपैयाँ खर्च भएको थियो ।
काठमाडौंको ग्राण्डी र नर्भिक अस्पतालमा कार्यरत नेहाका श्रीमान पंकज एमबिबिएस डाक्टर थिए । काठमाण्डौमा घर बनाईदिन बाबुआमालाई भन भनेर शर्त राख्दै आएको पंकज र उनको परिवारले शारिरीक तथा मानसिक यातना दिँदै आएका थिए । नेहाको जाहेरीलाई आधार बनाएर प्रहरीले पंकजलाई दुईदिन हिरासतमा थुनेर छाडेको थियो भने यस बिषयमा अहिले जिल्ला अदालत महोत्तरीमा मुद्दा चलिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !