काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा निर्वाचित भएर संसदमा प्रवेश गर्न चाहान्छन् कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेल । जसका लागि उनी अहिले आफ्नो क्षेत्रका हरेक घर–घरमा पुगिरहेका छन् ।

प्रदीप टेस्टेड एमाले नेता इश्वर पोखरेलसँग चुनावी प्रतिस्पर्धामा छन् । पौडेल आइतबार धापासी हाइटको क्षेत्रमा घरदैलो कार्यक्रममा ब्यस्त रहे ।
घरदैलो कार्यक्रममा जाँदा उनीसँग सेल्फी लिनेको उत्तिकै भीड देखिन्छ । घरदैलो कार्यक्रममा गएका पौडेल मात्र होइन अन्य उम्मेदवारसँग पनि स्थानीयले सेल्फी लिने गरेका छन् । जुन दृश्यहरु सामाजिक सञ्जालमा समेत भाइरल बनिरहेका छन् ।आइतबार नै धापासी क्षेत्रमा प्रदीप पुग्दा ८४ वर्षका एक बृद्ध मतदाताले उनलाई आर्शिवाद दिँदै भने ‘बाबु यहाँ सबैले धेरैथरी नारा दिए तर, तपाईलाई आर्शिवाद छ जितेर आएर यो क्षेत्रको अविभावक बन्नुहोस् ।’
उनले थप भनेका थिए, ‘तपाई भष्टाचार विरोधी नेता हुनुहुँदो रहेछ । मैले टिभीमा हेरेको । तपाईको विचार राम्रो लाग्यो । यहाँलाई मेरो शुभकामना छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !