Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अहिले निकै राम्रो वातावरण बनेको छ – प्रदीप पौडेल

अहिले निकै राम्रो वातावरण बनेको छ – प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा उम्मेदवार बनेसँगै अहिले घरदैलोमा व्यस्त छन् । पौडेललाई पाँच दलीय गठबन्धनको सहयोग छ । यो क्षेत्रमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार छन् ।

सो क्षेत्रमा विशेषगरी पोखरेल र पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । स्वतन्त्र रुपमा रञ्जु दर्शनाले पनि उम्मेदवारी दिएसँगै प्रतिस्पर्धा थप रोचक हुने देखिएका बेला गठबन्धनको साझा उम्मेदवार तथा कांग्रेस नेता पौडेललाई चुनावी तयारीलगायतका विषयमा गरेको कुराकानी :

घरदैलोमा मतदाताको कस्तो प्रतिकृया पाउनु भएको छ ?
मतदाता नेताहरूले भोट मागेर फर्किएपछि फेरि जनतामा फर्किदैनन् भन्‍ने पुरानो प्रवत्तिबाट झस्किएका छन् । तर, म अहिले काठमाडौँ ५ बाट उम्मेदवारका रुपमा आएसँगै जनतामा युवा उम्मेदवार देखेर उत्साह र यसले केही गर्न सक्छ भन्‍ने आशा जागेको देखेको छु । यसअघि पटक पटक जनताले चोट खाए काठमाडौँ ५ का जनताले, तर यसपटक मैले जनातको त्यो आशंकालाई पूर्ण रुपमा निवारण गर्नेछु ।

कुरा गर्ने, तर काम नगर्ने त आम प्रवृत्तिजस्तो भइसक्यो, तपाईंको पनि के विश्वास ?
म एक्कासि राजनीतिमा आएको व्यक्ति होइन । मेरो लामो पृष्ठभूमि छ । म विद्यार्थी राजनीति हुँदै केन्द्रदेखि अहिले काठमाडौँ ५ को उम्मेदवारका रुपमा रहेको छु । यसपटक चोटिलो प्रहार गर्नका लागि मैले उठाएका विषयहरू धारिला छन् । मैले उठाएका मुद्दाहरू, मेरो व्यवहार र सम्बन्धहरूका कारण मैले चुनाव जित्ने माहोल बनेको छ ।

‘ब्रेन ड्रेन’ को समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ, कसरी गर्नुहुन्छ ?
हाम्रो देशमा ब्रेनड्रेनको समस्या बढ्दो छ। एउटा देश जो बौद्धिक नागरिकलाई जोगाएर राख्न सक्दैन भने त्यो देशको विकास कताबाट हुन्छ ? सबै कुरा आयात गरेर मात्रै देश समृद्ध हुन सक्दैन । मैले यसअघि नै बिसिडी मोडल तयार गरेर ब्रेन ड्रेनको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छु । त्यसलाई म प्राथमिकताका साथ राखेर काम गर्छु ।

गरिबी, विदेश पलायन र शिक्षा क्षेत्रलाई यहाँले कसरी हेर्नुभएको छ ?
गरिबी निवारण अत्यावश्यक छ । देशमा रोजगारीको सृजना गर्दै उद्योग, कलकारखाना खोल्ने वातारण बनाउनुपर्छ र त्यसको संख्या बढाउँदै लैजानुपर्छ । वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई आफूले निराकरण गर्न देशमै रोजगारीको चाहिन्छ नै । मैले काठमाडौँ ५ मा मात्र नभई समग्र जिल्लामा रहेका विद्यालयलाई बुढानीलकण्ठस्तरको बनाउने मेरो पहल रहन्छ ।

प्रतिस्पर्धामा पटकपटक मन्त्री भइसकेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, रञ्जु दर्शनाजस्ता उम्मेदवार छन् नि ?
को कति पटक के भयो भन्‍ने कुराभन्दा पनि कसले के गर्‍यो भन्‍ने कुरा महत्वपूर्ण हो । पटक पटक मन्त्री भएर देशलाई के लाभ भयो भन्‍ने कुराको हेक्का जनताले राखेका छन् । पोजिसन के छ भन्‍ने कुराभन्दा पनि पोजिसनमा बसेर के गरेको भन्‍ने कुरा नै मुख्य हो ।

ईश्वरको मत रञ्जुले काट्छिन् अनि मैले चुनाव जित्छु भन्‍ने लागेको छ यहाँलाई ?
कसले कसको मत काट्छ भन्‍ने कुरा नै होइन । जनताले विवेकले मत दिने कुरा हो । मत विचारको, व्यवहार र विश्वासको कुरा हो । हाम्रो व्यवहार र विश्वासको आधारमा हामी अगाडि छौँ भन्‍ने लाग्छ ।

अरू उम्मेदवारहरूभन्दा तपाईं कसरी फरक हुनुहुन्छ ?
अरुहरूले पटक पटक धोका दिए यस क्षेत्रमा । तर, म चुनाव जितेपछि पनि जनताकै काखमा बस्ने मान्छे हुँ । बोलेको कुरालाई पूरा गरेर देखाउँछु ।

कति मतले चुनाव जित्छु भन्‍ने लागेको छ ?
अहिले निकै राम्रो वातावरण बनेको छ । जित्ने वातावरणकाबीच आमजनताले युवा र बोलेको कुरा पूरा गर्न सक्ने नेतालाई साथ दिनुहुन्छ भन्‍ने घर दैलो अभियानमा मैले बुझेको छु ।न्यूज कारखाना

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh