काठमाडौं । सुरक्षाबिटमा कलम चलाउँदै आएका पत्रकार आलोक यादवले आफू माथी शंकाउपशंकाको भरमा बिभिन्न आरोपप्रत्यारोप लगाएको भन्दै ध्यानाकर्षण गराएकाछन् ।

महावत्ती बिज्ञापन एजेन्सी एन्ड मिडीया हाउस प्रा.लि. का सञ्चालक , जनप्रभाव साप्ताहिक र सुरक्षा खबर अन्लाईनका प्रकाशक यादवले नेपाल भारत सीमामा नेपाल प्रहरी , शसस्त्र प्रहरीका घुमुवा र सिमा प्रहरी , ईलाका प्रहरी र सशस्त्र प्रहरीको ( बिओपि) का प्रमुखहरुले अवैध रुपमा भारतबाट नेपाल भित्रयाईएका ब्यापारीक प्रायोजनका सरसामानहरु पक्राउ गर्दा आलोकले पक्राएको भनेर आरोप लगाईने गरेकोप्रती खेद ब्यक्त गरेकाछन् ।
मेरा शुभचिन्तक, साथी,गाउले दाजु भाइहरुसँग केही ब्यापारीहरुले आलोक यादवले आफ्नो सामान पक्राउ गरेको भन्ने गरिएको छ , सुरक्षाबिटमा कलम चलाउँदै आएका पत्रकार यादवले भने , तर कसैको सामान पक्राउ गर्ने म प्रहरी होईन पत्रकार हुँ।
सीमा क्षेत्रलाई आधार क्षेत्र बनाएर रिपोर्टिगं गर्ने सञ्चारकर्मी भएकाले नेपाल भारत सीमामा बाक्लै आउजाउ हुन्छ । आलोकले सामान पक्राउ गरायो भनेर शंकाको भरमा भ्रमको खेती नगर्न म सबैलाई आग्रह गर्न चहान्छु’ ।
भारतबाट अवैध रुपमा नेपाल भित्रयाईने ब्यापारिक प्रायोजनका सामानहरु ल्याउन रोक लगाउन भुमिका खेलेको भन्दै केही दीन अघि सत्यनारायण मण्डल , बिबेक यादव र रवि भुजेलले पत्रकार आलोक यादवमाथी ज्यान लिने प्रयास गरिएको थियो ।
घुमुवाहरुले पनि आलोकले काम बन्द गराएको भनेर भ्रम छर्ने गरेको बताउँदै पत्रकार यादवले भने , कोही पनि भ्रममा नपरोस् । सीमामा काम खोल्ने र रोक्ने अधिकार मलाई छैन । म समाचारको खोजीमा नेपाल भारत सीमामा आउजाउ गर्ने गर्छु ।

















