काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सीमाना सारिरहने भारतीय प्रवृत्तिको आलोचना गरेका छन् । पहिलो चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार दार्चुलाको खलंगा पुगेका उनले भारतले नेपाली क्षेत्रमा बाटो बनाएर झमेला गरेको बताए ।
‘भारतले हाम्रो भू-भागबाट अनावश्यक ढंगले (बाटो बनायो), हामी आफैं बनाउने थियौँ, तर भारतले आफूले बनाएर बेकारको झमेला निकाल्यो,’ उनले भने ।
उनले नदी वरतिर सर्यो भनेर सीमा वरतिर सर्ने नभएको भारतलाई भन्न चाहेको बताए । ‘पहिले नदी भएका ठाउँमा भारतले बाँध लगाउने होइन। ठूलो भारतको सानो चित्त हुँदैन हुँदैन । ठूलो भारतले सानो चित्त गर्ने होइन, खोलो उता सर्यो कि सिमाना सारिहाल्ने ?,’ उनको प्रश्न थियो।
उनले भारत विशाल भएको, तर यति (थोरै) सीमाना सार्ने बताए। ‘यो सुहाउँदैन । नेपाली जनताले यस्तो कुरालाई थिचोमिचोको रुपमा बुझ्छन्। त्यो कुरा भारतले गर्न हुँदैन। यो मैले भारतका नेताहरुलाई भनिरहेको छु,’ उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !