जनकपुरधाम । धनुषाबाट चार हजार रुपैयाँ घुस रकमसहित वरिष्ठ प्रहरी नायव निरीक्षक पक्राउ परेका छन् ।धनुषाको सीमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) देवकीलाल चौधरीलाई बिहीबार साँझ घुससहित रंगेहात पक्राउ परेका हुन् ।

उनलाई अख्तिार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले नगराइन नगरपालिका वडा नम्बर–२ जटहीस्थित विनायक इन्टरप्राइजेज मदिरा पसलबाट पक्राउ गरेको हो ।
चौधरीले सेवाग्राहीसंग चाहजार रुपैयाँ घुस लिरहेको बखत पक्राउ गरिएको अख्तियारको कार्यालय बर्दिबासले जनाएको छ । घटनास्थलमा मुचुल्कासहित अन्य अनुसन्धानको काम भइरहेको जनाएको छ ।

















