बागलुङ । बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । जिल्लाको बागलुङ नगरपालिका–१ गणेशघुम्ती नजिकै विपरीत दिशाबाट आउँदै गरेका २ वटा मोटरसाइकल एक आपसमा ठोकिँदा २ जना घाइते भएका हुन् ।

मालढुङ्गाबाट बागलुङ बजारतर्फ आउँदै गरेको ध २ प ३३२ नम्बरको मोटरसाइकल र बागलुङ बजारबाट मालढुङ्गातर्फ जाँदै गरेको ध २ प २१९७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुवै चालक घाइते भएका हुन् ।
घाइते हुनेमा काठेखोला–५ बिहुँका वर्ष १९ का मनिष कंडेल र कुश्मा नगरपालिका–१० पिपलटारीका वर्ष २३ को रोहित भुषाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी बरिस्ठ नायव निरीक्षक राजकुमार केसीले बताए ।घाइते दुवैको अवस्था गम्भीर रहेकाले पोखरा रेफर गरिएको धौलागिरी अस्पतालले जनाएको छ ।

