काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशका सातवटै प्रदेश र संघमा गठबन्धनको सरकार बन्ने बताएका छन् ।

सत्ता गठबन्धनमा आवद्ध दलहरुले सँगै उभिएर मत मागेपछि मतादेशलाई धोका दिन नपाइने भन्नेमा आफूहरु प्रष्ट रहेको उनको भनाइ छ ।
बुधबार ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले काठमाडौं क्षेत्र नम्बर–४ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त क्षेत्रका उम्मेदवारसमेत रहेका थापाले भने, ‘सँगै उभिएर ५ वर्षका लागि मत मागेपछि मतको आदेशलाई धोका दिन पाइँदैन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !