Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सेललगायत तारेका रोटी पेटका बिरामीलाई हानिकारक : चिकित्सक


सेललगायत तारेका रोटी पेटका बिरामीलाई हानिकारक : चिकित्सक

चितवन । हाम्रो घरआँगनमा तिहार सुरु भइसकेको छ । तिहारमा सेललगायत तारेका रोटी धेरै खाने प्रचालन छ । यी रोटीले स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा कमैले मात्रै हेक्का राख्ने गरेका छन् । चिकित्सकले आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्र यस्ता परिकार सेवन गर्न सुझाव दिएका छन् ।

यस्ता परिकार खाँदै नखानुभन्दा पनि सन्तुलित खाना खान चिकित्सकहरुको सुझाव छ । कतिपय बिरामीले खानै नहुने पनि अवस्था हुन्छ । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका ग्यास्ट्रो इन्टरोलोजिष्ट डा खुशराज देवानले तेल वा घ्यूमा तारेर बनाएका रोटी ग्यास्टिक, अल्सर र मुखमा अमिलो पानी आउने समस्या भएका बिरामीका लागि हानिकारक हुने बताए । उनले भने, ‘यस्ता समस्या भएका बिरामीले रोटी नखाएकै राम्रो हो ।’

महिनौंदेखि औषधि खाएर स्वास्थ्य राम्रो बनिरहेका बेला एउटा दुई वटा रोटीले फेरि समस्या बल्झिन सक्ने भएकाले सावधानी अपनाउन सुझाव दिँदै डा देवानले भने, ‘त्यस्ता बिरामीले धेरै चिल्लो खाँदा बान्ता भएर रगतसम्म आउन सक्ने भएकाले धेरै चिल्लो भएको मासु र तारेका अन्य कुरा पनि बार्नुपर्छ ।’

सामान्य मानिसले पनि चिल्लो धेरै नखान र फलफूल, सागपातलगायत स्वस्थकर खानामा जोड दिनुपर्नेमा उहाँको सुझाव थियो । यतिबेला डेंगु, पखालालगायत समस्या रहेकाले उच्च सावधानी अपनाएर पर्व मनाउन र बजारमा मासु किन्दासमेत स्वस्थकर ठाउँ र कम बोसो भएको मासु खान समेत आग्रह गरिएको छ ।

कलेजो रोग विशेषज्ञ डा रुपेश श्रेष्ठ कलेजोको समस्या भएका बिरामीले तारेका चिज खान नहुने बताए । कलेजो रोग लागेर निको नहुने अवस्थामा पुगेका बिरामीले चिल्लोको सट्टामा धेरै प्रोटिन र कार्बाहाइड्रेड भएका खानामा ध्यान दिनुपर्ने उनको भनाइ थियो । डा श्रेष्ठले भने ‘पर्वमा खानै हुँदैन भन्नुभन्दा पनि आफ्नो स्वास्थ्यलाई हेरेर चिल्लो सकेसम्म कम खानुपर्छ ।’

जण्डिस भएका बिरामीले सेलजस्ता तारेका रोटी खानु हानिकारक हुन्छ । भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा कालिदास अधिकारीले तिहारमा सेललगायत रोटी खाने संस्कार पनि भएकाले खानै हुँदैनभन्दा पनि कम खान सुझाव दिए । उनले भन ‘घ्यूे, तेल बढी भएका रोटी मधुमेह, उच्च रक्तचाप, कोलस्ट्रोल भएका बिरामीले कमै खानुपर्छ ।’

‘चार्ड मनाउनुुपर्छ, शरीर र रोगको अवस्था हेरेर खानपिन गर्नुपर्छ ।’ डा अधिकारीले भने, ‘पित्त थैलीमा पत्थरी भएकाले यस्ता रोटी धेरै खाँदा दुखेर समस्या झन् बढ्न सक्छ ।’ पाचन प्रणाली कमजोर भएकाले पनि रोटी कम खान सुझाउँदै उनले भने ‘पचाउन गाह्रो हुनेले खाली पेटमा रोटी त खानै हुँदैन ।’ खाली पेटमा बढी चिल्लो खाँदा सामान्य मानिसलाई पनि असर गर्न सक्ने तर युवालाई भने खासै असर गर्दैन ।

डा अधिकारीले थपे ‘शरीर र स्वास्थ्यलाई ध्यान दिएर पर्व मनाऔँ ।’ चाडपर्वको समयमा आजै मात्र त हो भनेर एकै पटक धेरै चिल्लो खाना खाँदा समस्या बल्झिने खतरा हुन्छ । समयमै खानपानमा ध्यान दिन सकेमा समस्या नपर्ने भएकाले सन्तुलित भोजनमा ध्यान दिन उनीहरुको सुझाव थियो।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

जनप्रभाबन्युज विशेष

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

9 hours पहिले
ऋण लिन नागरिकता बन्धकी
जनप्रभाबन्युज विशेष

ऋण लिन नागरिकता बन्धकी

9 hours पहिले
प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली
जनप्रभाबन्युज विशेष

प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली

9 hours पहिले
त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ
जनप्रभाबन्युज विशेष

त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ

9 hours पहिले
प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई

9 hours पहिले
मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए
जनप्रभाबन्युज विशेष

मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए

20 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

9 hours पहिले
ऋण लिन नागरिकता बन्धकी

ऋण लिन नागरिकता बन्धकी

9 hours पहिले
प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली

प्राधिकरणले बेच्यो १५ अर्ब २४ करोडको बिजुली

9 hours पहिले
त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ

त्रिभुवन विमानस्थलबाट १४ किलो सहित गोरखाका चन्द्र घले र मीनबहादुर घले पक्राउ

9 hours पहिले
प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई

प्रधानमन्त्री प्रचण्डले भेटे हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारलाई

9 hours पहिले
मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए

मिटरव्याज पीडितरु आक्रोशित, साहुले हड्पेको जमिनको धान काटेर भित्र्याए

20 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh