Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल प्रहरीमा समावेशीताको सुन्दरता : महिलाकोे काँधमा दुई एआईजी र चार डीआईजीको फूली !

नेपाल प्रहरीमा समावेशीताको सुन्दरता : महिलाकोे काँधमा दुई एआईजी र चार डीआईजीको फूली !

काठमाडौं । एउटा समय थियो महिलाहरु घरेलु काम गर्थे । तसर्थ महिलाहरुलाई गृहिणीको रुपमा हेरिन्थ्यो । तर, हिजो आज समय फेरिएको छ । लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि मुलुकमा आएको समावेशीताको लहरले यतिबेला हरेक जसो प्रशासनिक संयन्त्रको नेतृत्वमा महिलाहरुको नेतृत्व देख्न सकिन्छ ।

त्यसको पछिल्लो उदाहरण हो नेपाल प्रहरी । प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहको नेतृत्वमा रहेको प्रहरीमा समावेशीताको नमुना देखिएको छ ।

हाल प्रहरीमा दुई अतिरिक्त प्रहरी महानिरिक्षक (एआइजी)सहित चार जना प्रहरी नायब महानिरिक्षक (डिआइजी)ले नेतृत्व सम्हालेका छन् ।

प्रहरीको प्राविधिक तर्फको सर्वोच्च पदमा रहेकी एआइजी हुन् डा. आशा सिंह । उनको कुशल नेतृत्वमा नेपाल प्रहरी अस्पताल सञ्चालनमा छ । महिला तथा स्त्री रोग विशेषज्ञ समेत रहेकी सिंहलाई २०७६ पुसमा एआइजीमा बढुवा गरिएको थियो । नेपाल प्रहरी अस्पतालको नेतृत्वका लागि डिआइजीहरु डा. मिनराज पाठक र डा. सुमनराज श्रेष्ठ प्रतिष्पर्धामा थिए । तर, अन्तिममा सिंहले नै बाजी मारेकी थिइन् । संयोग यस्तो पनि छ कि यसअघि नेपाल प्रहरी अस्पतालको नेतृत्व गर्ने डा. दुर्गा थापा पनि महिला नै थिइन् ।
त्यस्तै नेपाल प्रहरीको इतिहासमा मधेशी महिलाको तर्फबाट पहिलो पटक एआइजी बन्ने सौभाग्यशाली पात्र बनिन्–पुजा सिंह । हाल प्रहरी प्रधान कार्यालय स्थित मानव स्रोत विभाग प्रमुखको भूमिकामा रहेकी उनलाई गत जेठमा वर्तमान सरकारले एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

चार महिलाको काँधमा डिआइजीको फूली

नेपाल प्रहरीमा चार जना प्रहरी नायव महानिरिक्षक (डिआइजी)मा चार जना महिला छन् । तत्कालिन एसएसपी मीरा चौधरी, किरण बज्राचार्य, दुर्गा सिंह र किरण राणा गत असारमा गृह मन्त्रालयले गत असारमा डिआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । मीरा चौधरी, किरण राणा र किरण बज्राचार्य खेलकुद पृष्ठभूमिका हुन्। उनीहरु तिनै जना राष्ट्रिय फुटबल खेलाडी थिए। बज्राचार्य ब्याडमिन्टनकी खेलाडी पनि हुन्।

उनीहरू खेलकुदकै कारण आफूहरूमा शारीरिक क्षमता र ‘हक्की’ स्वभाव विकास भएको विश्वास गर्छन्।
यद्यपि सबैको पृष्ठभूमि भने फरक फरक छ । हाल केन्द्रीय अनुसन्धान ब्युरो सिइआइबीको उपप्रमुख रहेकी दुर्गा सिंह सुदुरपश्चिमको कञ्चनपुरमा जन्मिएकी हुन् । २०५१ साल चैत्रमा उनी प्रहरी निरिक्षक (ईन्सपेक्टर)मा भर्ना भएकी थिइन् । त्यतिबेला सिंहसँगै चौधरी बज्राचार्य र राणा पनि (ईन्सपेक्टर)मा भर्ना भएका थिए ।

हाल काठमाडौं उपत्यका प्रहरी आयुक्त कार्यालयमा पदस्थापना भएकी किरण राणा काठमाडौंमै जन्मे हुर्केकी हुन् । उनले भारतको लखनउबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन् ।

बागमती प्रदेश हेटौँडामा प्रदेश प्रहरी प्रमुखको भूमिकामा रहेकी किरण बज्राचार्य पाल्पामा जन्मे हुर्केकी हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुखको भूमिकामा मिरा हक्की स्वभावकी प्रहरी अधिकारीको रुपमा चर्चा हुन्छ ।

‘नेपाल जुन समाावेशिताको सिद्धान्त अनुसार महिला, दलित, आदिवासी, जनजाती र पिछडीएको क्षेत्र भनेर छुट्याइएको छ । त्यो अन्तर्गत आउनु सकारात्मक विभेद हो । यो आरक्षण दिन जरुरी छ । किनभने जबसम्म समता हुँदैन तबसम्म विकास हुँदैन,’ डिआईजी दुर्गा सिंह भन्छिन्,‘महिला कमाण्डर हुँदा या महिलाको सहभागिता हुनाले संगठनमा धेरै फरक पार्छ । ५१ प्रतिशत महिलाको जनसंख्या छ भने, खोइ त प्रहरीमा, निजामती क्षेत्रमा, स्वास्थ्यमा, शिक्षामा अथवा राज्यको प्रत्येक निकायमा जनसंख्या अनुसार महिलाको सहभागिता ? जनसंख्याको आधारमा पुरुषभन्दा महिलाको जनसंख्या धेरै छ, त्यही अनुसार महिलाको सहभागिता पनि त हुनुपर्छ ।

महिला सहभागिता, महिला शसक्तिकरणका लागि राज्यले अझ धेरै काम गर्न जरुरी रहेको उनी बताउँछिन् । ‘जस्तै महिलाहरु वैदेशिक रोजगारमा जान आकर्षित किन छन् ? किनकी उनीहरुले आफ्नो प्रभुत्व खोजीरहेका छन् । नेपालमै राम्रो जागिर पाए विदेश जाने थिएनौँ भन्नुहुन्छ । प्रत्येक क्षेत्रमा महिला पुरुष बराबर हुनुपर्छ भन्ने समय आइसकेको छ,’ दुर्गा भन्छिन्,‘त्यसकारण सक्षम महिलाहरु प्रत्येक क्षेत्रमा आउनुपर्छ । जसरी अहिले हामीलाई पछ््याएर अरु महिलाहरु आउनुभयो, हामी पनि अरु कसैलाई पछ्याएर आयौं अथवा हामी प्रहरी भएर देशको सेवा गर्छौं । यो भनेको प्रत्यक्ष सेवा जनातासँग जोडिएको सबैभन्दा नजिकको पेशा हो ।’

उनका अनुसार अहिले प्रहरीमा महिलाको सहभागिता १० प्रतिशत पुगिसकेको छ । महिलाको सहभागिता प्रहरीमा मात्र नभई राज्यका प्रत्येक क्षेत्रमा, प्रत्येक निकायमा हुनुपर्ने उनको भनाई छ । ‘आधा आकाश भनेजस्तो प्रत्येक क्षेत्रमा आधा सहभागिता हुनु पर्छ,’ उनी भन्छिन् ।

प्रहरी प्रवक्ता भन्छन्,‘महिला कमाण्डर हुँदा निकै फरक पर्छ’

नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेक प्रसाद राईका अनुसार पछिल्लो समय प्रहरी संगठनमा समावेशी सहभागीता बढेको छ । ‘लैगिंक समावेशिता मात्र नभएर दलित, जनजाती, आदिवासी लगायत पिछडीएका क्षेत्रबाट पनि प्रहरी संगठनमा समावेशी सहभागीता देखिन थालेको छ,’ डिआइजी राई भन्छन्,‘प्रहरी संठगनमा महिला कमाण्डर हुँदा संगठनमा निकै प्रभाव पर्छ ।

हामी पुरुषहरु भन्दा धेरै व्यवहारिक महिलाहरु हुने भएर पनि होला संगठनमा महिला कमाण्डरहरुको ठूलो भूमिका रहन्छ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh