चितवन । चितवनका विभिन्न क्षेत्रबाट ठूलो परिमाणमा पटकाजन्य पदार्थ बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारका समयमा अवैधरुपमा ल्याइएका र बिक्रीका लागि राखिएका पाँच हजार पाँच सय पटकाजन्य पदार्थ बरामद गरिएको हो।
इलाका प्रहरी कार्यालय भण्डाराले पूर्वबाट आएको एक यात्रुबाहक बसबाट मात्रै चार हजार सात सय ३० पटका बरामद गरको छ।
यस्तै, जिल्ला प्रहरी कार्यालयले भरतपुर र आसपासका क्षेत्रबाट झण्डै सात सय पटका बरामद गरेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। बरामद गरिएका लाखौँ मूल्य बराबरका पटका नष्ट गरिने उनले बताए। पटका बेच्ने र पड्काउने दुवैलाई सम्झाएर छाडिने गरेको उनले बताए।
खुला सिमानाका कारण नेपालमा अवैधरुपमा पटकाजन्य पदाथ भित्रिएको प्रहरीको भनाइ छ। चितवन प्रहरीले तिहारको अवसरमा जिल्लामा गस्ती बढाएको र आवश्यक सुरक्षाकर्मी तयारी अवस्थामा राखेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !