काठमाडौं । नेकपा (माओवादी केन्द्र)की नेतृ ओनसरी घर्तीले निर्वाचनमा महिलाको सहभागिता बढाउन जोड दिनुपर्ने बताएकी छन् । वाम लोकतान्त्रिक गठबन्धन महिला परिचालन उपसमिति काठमाडौं क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवारसमेत रहेकी नेतृ घर्तीले यस्तो बताएकी हुन् ।

उनले महिलाहरु विभिन्न आन्दोलन र लडाईंका मोर्चाहरुमा अग्रपंक्तिमा रहेर काम गरेपनि अन्य क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व कम भएको गुनासो गरिन् । निर्वाचनमा पनि महिलाहरुको सहभागिता कम भएको र राजनीतिक पार्टीका नेतृत्वलाई आफूले महिला सहभागिताको लागि बढी भन्दा बढी उम्मेदवारी दिन आग्रह गरेको पनि बताइन् ।
नेतृ घर्तीले महिलाहरुको प्रतिनिधित्व, पहुँच र महिलाहरुलाई प्रेरणा दिनको लागि निर्वाचनमा उम्मेदवारी दिएको बताइन् । उनले आगामी ५ वर्षपछि महिलाहरु हरेक पुरुषसँग प्रतिष्पर्धा गर्न सक्षम र योग्य रहने पनि बताइन् । उनले आफूले देश र जनताको लागि काम गरेको उल्लेख गर्दै ५ वर्षपछि अन्य महिला नेतृहरु निर्वाचन र नेतृत्व सम्हाल्नका लागि सक्षम बन्ने बताइन् ।
उनेल भनिन्, ‘महिलाहरुको प्रतिनिधित्व, महिलाहरुको पहुँच र महिलाहरुलाई प्रेरणा दिनको लागि मेरो उम्मेदवारी हो । हामीले विभिन्न जनआन्दोलनमा वा विभिन्न प्रकारका लडाईंका मोर्चाहरुमा हामीले आफूलाई अग्रपंक्तिमा राखेका छौँ । जब आन्दोलन हुन्छ महिलाहरु अघि खटेर लडेका छन् । वि.सं. २०६३ सालको जन आन्दोलनमा पनि तपाईहरुले देख्नुभएको होला । महिलाहरु नै अग्रपंक्तिमा थिए । तर आन्दोलनले जब एउटा ठाउँ र बिन्दुमा पुगेर सकिन्छ तब महिलाहरु कहाँ गए भनेर खोज्नुपर्ने अवस्था रहेको छ ।’
उनेल थप भनिन्, ‘५ वर्षपछि अब कुनैपनि स्तरमा ओनसरीले उम्मेदवार हुनुपर्दैन, ५ वर्षपछि महिलाहरु हरेक पुरुष मित्रहरुसँग निर्वाचनका लागि प्रतिष्पर्धा गर्न योग्य हुनुहुन्छ, यो मलाई विश्वास छ, म सभामुख हुँदा सभामुखको हैसियतले कानून बनाउँदै गर्दा आज सभामुखले समेत आवाज राखेर बढी भन्दा बढी महिला उम्मेदवारहरु रहने व्यवस्थाको लागि आवाज उठाउँदै हुनुहुन्छ, के तपाईले भोलि यी ठाउँमा महिला उम्मेदवार भेट्नुहुन्छ भनेर मलाई प्रश्न गरिएको थियो, त्यसबेलामा महिलाहरु हुनुहुँदैन थियो । मैले भने आन्दोलनको बेला जुर्मुराएर अग्रभागमा आउने महिलाहरु उम्मेदवारको लागि घोषणा गर्नुहोस्, यस राज्यले महिलाहरु अघि आउने घोषणा गरोस् महिलाहरु अवश्य अघि आउनेछन्, मलाई विश्वास थियो किनभने हाम्रो जनसंख्या त आधा भन्दा बढी हो नि आधा भन्दा बढी छ भने त्यही नै श्रोत हो, जहाँबाट हरेक क्षेत्रमा प्रतिनिधिकाक लागि महिला छन् ।’
उनले फेरि भनिन्, ‘म आज ५ वर्षको लागि प्रतिनिधि सभाको हसियत राख्नकोक लागि उम्मेदवार बनेको छु तर ५ वर्षपछि कुनैपनि निकायमा ओनसरीले उम्मेदवारी हुनुपर्दैन, हरेक पुरुष मित्रसँग प्रतिष्पर्धाकाक लागि तपाईहरु योग्य हुनुहुनेछ भन्ने भविष्य देखेकी छु ।’
उनले राज्यले महिलाहरुलाई नेतृत्वका लागि अवसर प्रदान गरे महिलाहरु नेतृत्व सम्हाल्न योग्य भएको पनि बताइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !