विराटनगर । विराटनगर महानगरपालिकाले मापदण्ड विपरितको घर टरहरा निर्देशन दिएको छ । नक्सा भन्दा बढि जग्जा वा सडक मिचेर बनाएको सवै सम्रचना हटाउनु भएको हो । महानगरले आज एक सूचना जारी गर्दै त्यस्ता संम्रचना हटाउन निर्देशन दिएको हो ।

महानगरले १७ वाटा बुदे सूचना निकाल्दै सवै व्यवसायलाई मापदण्ड विपरितको मंम्रचना टहाउन निर्देशन दिएको हो । त्यस्तै महानगरले विहान ८ बजेदेखि बेदलुकि ७ बजे सम्म ठूला तथा मझौला सवारी साधनलाई बजार प्रवेसमा रोक लगाएको छ ।
जथाभावि रुपमा फैलिएको केबलको तार व्यवस्थित गर्न पनि केबल कम्पनीलाई महानगरले निर्देशन दिएको छ । यदि उनीहरुले व्यवस्थित नगरे महानगर अफैले गर्ने र व्यवस्थित गर्दा लागेको खर्च केबल कम्पनीले व्यहोर्नुपर्ने महानगरको निर्देशन छ ।
सिटि रिक्सा चलाउनेलाई पनि महानगरले निर्देशन दिएको छ । सिटि रिक्सा चलाउने व्यवसायीले दर्ता गरेर मात्र चलाउन भनेको छ ।त्यस्तै महानगरले निर्माणका सामग्रि सडकमान नराख्न, व्यवसायीले सडक मिच्ने गरि सामान वा विज्ञापन बोड नराख्न, पसल वा कलकारखानाबाट निस्कने फोहोर सडकमा नफाल्न, पसु चौपायलाई सडकमा नछाड्न, नो पार्किङमा पार्कीङ नगर्न लगाएतको निर्देशन दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !