काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता बापतको रकम तिरेको छ ।
कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्न ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याज वापतको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ तिरेको निगमले जनाएको छ ।
नागरिक लगानी कोषको हकमा वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको २० करोड रुपैयाँ तिरेको छ । दुवैलाई गरी कुल ७३ करोड ९ लाख ५५ हजार २८१ किस्ता बापतको रकम भुक्तानी गरिएको निगमले जनाएको छ ।िगत तीन वर्षदेखि निगमले सञ्चयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी गर्न सकेको थिएन ।
नियमित उडान, अकुपेन्सी दरमा सुधारबाट आम्दानीमा वृद्धि भएपछि निगमले ऋण तिर्न थालेको हो । यसअघि निगमले गत ३० असारमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता बापतको १ अर्ब ३५ करोड रुपैयाँ पनि भुक्तानी गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !