काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रदेश १ प्रहरी कार्यालयलाई उत्कृष्ट प्रहरी कार्यालय र कार्यालय प्रमुख नायब महानिरीक्षक (डीआईजी) सुदिप गिरीलाई यसवर्षको प्रहरी व्याटन प्रदान गरेको छ ।
डीआईजी गिरीलाई प्रहरी ब्याटनसहित अभिलेखमा जनिनेगरि २५ सय रुपैयाँ नगदसमेतले पुरस्कृत गरिएको हो ।
नेपाल प्रहरीले आफ्नो स्थापना दिवसका अवसरमा ३१ असोजमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजीत विशेष समारोहकाबीच डीआईजी गिरीलाई प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कृत गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !