काठमाडौं । नेपाल प्रहरीले आफ्नो ६७औँ स्थापना दिवसको अवसरमा पूर्वएआइजी राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा सोमवार एक समारोहका बीच प्रहरीको स्थापना दिवस मनाइएको थियो ।

सोही समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वएआइजी सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेका हुन् । नेपाल प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ ।
सोमवार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत सहभागी थिए ।

















