पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाकी एक बालिकालाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा झापाका एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-१० घर भएका २८ वर्षीय सुमन राई रहेका छन्। मिक्लाजुङ– २ की १६ वर्षीया किशोरीलाई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले बिर्तामोडबाट पक्राउ गरेको हो।
कक्षा १० मा पढ्दै गरेकी ती बालिकाको नामबाट नक्कली फेसबुक बनाएर अश्लील सामग्री पोस्ट गरेर चरित्र हत्या गर्दै आत्महत्या गर्न बाध्य बनाएको आरोपमा उनलाई पक्राउ गरिएको पाँचथरका प्रहरी उपरीक्षक सन्तोषकुमार राईले जानकारी दिए।
उनका अनुसार निरन्तर चरित्र हत्या गर्न थालेपछि बालिकाले गत भदौ २७ गते झुन्डिएर आत्महत्या गरेकी थिइन्। पक्राउ परेकी राईमाथि थप अनुसन्धान सुरु गरिएको एसपी राईले जनाए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !