काठमाडौं । दाङ-१ बाट स्वतन्त्र उम्मेदवारी दिएका गंगा चौधरीले निर्वाचन चिन्ह ‘लौरो’ पाएका छन् । नेकाप एमालेले टिकट नदिएपछि चौधरीले दाङ- १ बाटस्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

एमालेले सो क्षेत्रबाट शान्ता चौधरीलाई टिकट दिएको छ । सत्ता गठवन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरी उम्मेदवार छन् । एमाले केन्द्रीय सदस्य समेत रहेकी चौधरीले पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएपछि पार्टीले उनको पद खारेज गरेको छ ।

















