रौतहट । रौतहट क्षेत्र न. १ बाट प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनको तर्फबाट पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गर्न नेपाल शुभचिन्तक तथा कार्यकर्ता सहित निर्वाचन कार्यालय पुगेका थिए ।

०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर २ बाट चुनाव जितेको नेपाल यसपटक रौतहट क्षेत्र नम्बर १ बाट उठेका हुन् ।नेकपा एमाले फुटाएर नयाँ पार्टी गठन गरेर पहिलोपटक निर्वाचनमा सहभागी भएको नेपाललाई चुनाव जित्नै पर्ने चुनौती रहेको छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनको पार्टीले सो क्षेत्रमा दुर्इवटा पालिका जितेको थियो । अहिले गठबन्धनको दलको साथ भएकाले नेपालले सहजै निर्वाचन जित्ने उनका कार्यकर्ताको विश्वास छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !