एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोना शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा मलोर्कालाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना शीर्षस्थानमा उक्लिएको हो ।

बार्सिलोनाको जितमा पहिलो हाफमा रोबर्ट लेवान्डोस्कीले गरेको गोल नै निर्णायक बन्यो । उनले २०औं मिनेटमा अन्सु फातीको पासमा गोल गर्न सफल भएका थिए ।
मलोर्कामा शनिबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोलीविरुद्ध ७२ प्रतिशत बल पोसेसन राखेपनि थप गोल भने गर्न नसक्दा लेवान्डोस्कीको गोल नै निर्णायक बन्न पुग्यो ।
यो जितसँगै शीर्षस्थानमा उक्लिएको बार्सिलोनाको ७ खेलबाट १९ अंक पुगेको छ । एक खेल कम खेलेको रियल म्याड्रिडको १८ अंक छ । पराजित मलोर्का ८ अंक जोडेर १०औं स्थानमा छ ।
