Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

राजसंस्था पुनःस्थापना गर्ने एजेण्डालाई लिएर मतदातासँग भोट माग्छु : मिश्र


राजसंस्था पुनःस्थापना गर्ने एजेण्डालाई लिएर मतदातासँग भोट माग्छु : मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आगामी निर्वाचनमा आफूले राजसंस्था पुनःस्थापना गर्ने एजेण्डालाई लिएर मतदातासँग भोट माग्ने बताएका छन् । शुक्रबार काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार औंपचारिक रुपमा घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले आगामी निर्वाचनमा जाने आफ्नो मूल एजेण्डाबारे प्रष्ट्याएका हुन् ।

राजसंस्थावादी, गणतन्त्रवादी र धर्मनिरपेक्षतावादी नभएको उल्लेख गर्दै उनले संविधानले बाँधेर राखेको राजसंस्था पुनःस्थापित हुनुपर्छ भन्ने मान्यतामा आफू रहेको बताए । यसरी जाँदा भोट नपाए पनि आफूले खुशीसाथ मतदातालाई धन्यवाद दिने उनको भनाइ थियो ।

वरिष्ठ उपाध्यक्ष मिश्रले भने, ‘म गणतन्त्रवादी होइन, राजसंस्थावादी पनि होइन । म धर्मनिरपेक्षतावादी पनि होइन । म नेपालवादी हुँ । म नेपालवादी भएकै कारणले नेपालको हित गर्नका लागि यो देशमा कुनै न कुनै रुपमा संविधानले बाँधेर राजसंस्था पुनस्थापित गर्नुपर्छ भन्ने मान्यता राख्छु । यही कुरा लिएर म मतदाता कहाँ जान्छु, भोट पाए पाउँछु । पाईन भनेदेखि खुशी साथ म धन्यवाद व्यक्त गर्छु । यसमा म प्रष्ट छु ।’

वरिष्ठ उपाध्यक्ष मिश्रले १५ वर्षसम्म जनताको पक्षमा काम नगरेका प्रकाशमान सिंहलाई काठमाडौं क्षेत्र नम्बर १ का जनताले पुनः विजयी गराउन नमिल्ने बताए । उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ का जनताले आफ्नो एजेण्डालाई हेरेर विजयी गराउने विश्वास समेत व्यक्त गरे ।

निर्वाचनमा मतदाता कहाँ जाँदा आफूले ढाँटेर भोट माग्ने काम नगर्ने पटकपटक दोहो¥याउँदै वरिष्ठ उपाध्यक्ष मिश्रले गत निर्वाचनमा पनि आफूले सुकुम्बासीलाई लालपूर्जा दिन्छु भनेर फटाहा कुरा नगर्दा ८१९ मतले हार्नु परेको गुनासो गरे ।

उनले भने, ‘पहिलो पनि २०७४ सालमा म उम्मेदवार हुँदाखेरी म सुकुम्बासी बस्तीमा गए । म विभिन्न ठाउँमा गए । कतिपय नागरिकले के भन्नु भयो भने हेर्नुस् हाम्रो घर अगाडिको बाटो जसले बनाई दिन्छ, हामी उसैलाई भोट दिन्छौं । सुकुम्बासी बस्तीमा गए । ३०÷४० वर्षदेखि हाम्रो लालपूर्जा छैन । जसले लालपूर्जा दिन्छ, उसैलाई भोट दिने हो । मैले भने–म सांसद भएर बाटो बनाउन पनि सक्दिन ।’

उनले थपे, ‘म सांसद भएर लालपूर्जा दिन पनि सक्दिन । किनभने त्यो मेरो अधिकार क्षेत्रको विषय नै होइन । म किन फटाहा बोल्छु ? मैले के चाँही भने भने म सांसद भएभने नीतिगत तहमा हस्तक्षेप गरेर यो विषयलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा चाँही म तपाईहरुलाई बचनवद्धता प्रकट गर्न सक्छु भने । ढाँटेर भोट लिने जहिले पनि । फटाहार बोलेर चुनाव जित्ने । म गर्दिन । अहिले पनि गर्दिन, पहिले पनि गरिन । पहिला नगर्दाखेरी ८१९ भोटले हारेँ । अहिले फेरी जुन एजेण्डाहरु लिएका आएको छु । त्यो एजेण्डाको बलमा तपाईहरुले मलाई सशक्त ढंगले विजय गराउनु हुनेछ भन्ने विश्वास बोकेको छु ।’

कार्यक्रममा बोल्दै राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द लोहनीले देश र जनताका लागि केही गरौं भन्ने भावका साथ राजनीतिमा आएका मिश्रलाई आगामी निर्वाचनमा विजयी गराउन काठमाडौं क्षेत्र नम्बर १ का जनतालाई आग्रह गरे । उनले ठूला दलहरु देश र जनताका लागि नालायक भएकाले पनि आगामी निर्वाचनमा नेपाली जनताले त्यसको विकल्पमा आफ्नो पार्टीलाई विजयी गराउनुपर्ने जिकीर गरे ।

उनले भने, ‘तपाईँहरुले एकपटक विचार गर्नुहोस् कि क्यान्टोनमेन्टमा अरबौं लिने, ललिता निवासमा भ्रष्टाचार गर्ने वा ओम्नीसँग औषधिमा कमिशन खानेहरुबाट, त्यही समूहलाई, त्यही संस्कारलाई, त्यही दृष्टिलाई समर्थन गरेर अनि के नेपालमा गतिशीलता आउँछ ? आउँदैन । त्यसलाई चुनौति दिने बेला आएको छ अहिले । तिमी नालायक हौं, यो देशलाई माथि उठाउँछौं भन्ने नारा लिएर बास्तवमा तिमीहरुले यो देशको शोषण गरेका छौं तिमीहरुले ।’

उनले फेरि भने, ‘तिमीहरुलाई बाहिर पठाउँछौं भनेर भन्ने मौका अहिले आएको छ । र, त्यो भन्ने भनेको सूरु गर्नुस् काठमाडौं क्षेत्र नम्बर १ बाट । यस क्षेत्रबाट एउटा सत्य र इमान्दारितालाई बोकेको, यो देशमा केही गरौं भन्ने आँट लिएर आएको मान्छे, शिक्षित र पढेलेखेको मान्छे ।

पैसाको लोभले होइन, सत्ताको लोभले होइन । नेपाली जनताको लागि मैले केही गर्नुपर्छ भन्ने दृष्टिकोणलाई बोकेर आएको मान्छे, त्यस्ता उम्मेदवारलाई तपाईँहरुले सर्पोट गर्नुप¥यो, बल दिनुप¥यो । अनि परिवर्तनका श्रृखलाहरु देशमा हुन सक्छन ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले
एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

2 days पहिले
जनप्रभाबन्युज विशेष

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

2 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले

प्रहरीमा डीएसपीबाट एसपीमा बढुवाको तयारी, इन्सपेक्टरको बढुवा अन्योलमै

1 day पहिले
एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

एसएसपी यादवद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरको “निरीक्षण एवं अनुगमन

2 days पहिले

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh