भारत । भारतीय सेनाको गोरखा ब्रिगेडअन्तर्गत ११ जीआरका लेफ्टिनेन्ट जनरल (अवकाश) अनिल चौहान सेनाका चार अंग प्रमुखको भूमिकासहित चिफ अफ डिफेन्स स्टाफ नियुक्त भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले चौहानलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनी सन् १९८१ मा गोरखा राइफल्समा भर्ना भएका थिए। गढवालका राजपूत परिवारका चौहान भारतका दोस्रो सीडीएस हुन्। प्रथम चिफ अफ डीफेन्स स्टाफ जनरल विपिन रावतको २०२१ डिसेम्बर ८ मा हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो पद रिक्त रहेको थियो।
सो हेलिकप्टर दुर्घटनामा विपिनसहित उनकी धर्मपत्नी मधुलिका रावत र हेलिकप्टरमा सवार अन्य १२ को जनाको मृत्यु भएको थियो।भारतको थल, जल र हवाई सेनासहित राष्ट्रिय सुरक्षाका विषयमा सीडीएसलाई सरकारसँग समन्वयकारी भूमिका दिने गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !