काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीलाई दसैंमा निशुल्क बससेवा दिने भएको छ ।१० असोजदेखि २३ असोजसम्म सञ्चालन हुने बससेवा सशस्त्र प्रहरीका परिवार तथा अवकाशप्राप्त सशस्त्र प्रहरी बलले समेत प्रयोग गर्न पाउने सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी कल्याण कोषमार्फत आफ्ना कर्मचारीलाई यस्तो सुविधा दिन लागिएको छ ।पूर्वमा काठमाडौंदेखि काँकडभिट्टा तथा पश्चिममा काठमाडौंदेखि गड्डाचौकीसम्म निशुल्क बससेवा सञ्चालन हुनेभएको छ ।


