काठमाडौं । गृह मन्त्रालयले तिन जना प्रहरी वरिष्ठ उपरीक्षकहरूको काज सरुवा गरेको छ । बुटवल तालिम केन्द्रमा एसएसपी बिनोद घिमिरेलाई पठाइएको छ ।

बुटवल तालिम केन्द्रमा कार्यरत सुरेन्द्र मैनालीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । तालिम केन्द्रमा काज सरुवा गरिएका घिमिरे लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा कार्यरत थिए ।
सुदूरपश्चिम प्रदेशमा कार्यरत दिपककुमार बस्नेतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा काज सरुवा गरिएको छ। शुक्रबार गृहमन्त्री बालकृष्ण खाणले एसएसपी सरुवा गर्ने निर्णय गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !