काठमाडाैँ । सशस्त्र प्रहरी बल, नेपालका नायव महानिरीक्षक बंशीराज दाहाल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयमा बिहीबार राती बसेको बढुवा समितिको बैठकले उनलाई एकल बढुवा सिफारिस गरेको हो । बढुवा समिति सचिवालयका सदस्य सचिव राजु आर्यालले सिफारिस गरिएको सूचना जारी गरेका हुन् ।सरकारले २१ भदौको मन्त्रिपरिषद् बैठकबाट सशस्त्र प्रहरीमा एउटा एआईजी दरबन्दी थप गरेको हो ।
योसँगै नयाँ संगठनात्मक स्वरूप निर्धारण (ओ एण्ड एम) अनुसार कार्य तथा सीमा विभाग फुटाइएको छ । जसअनुसार सीमा विभागमा बढुवा हुने एआईजीले कमाण्ड गर्नेछन् । उपत्यका बाहिनीमा रहेका डीआईजी दाहाल सिफारिस भएको सातदिनभित्र कुनै उजुरबाजुर नभए बढुवा हुनेछन् ।
सशस्त्र प्रहरीमा डीआईजी दाहाल हालका महानिरीक्षक राजु अर्यालकै ब्याची हुन् । उमेरका कारणले उनी समेत महानिरीक्षक अर्यालपछि सशस्त्र महानिरीक्षक दौडमा मिसिएका छन् ।


















