काठमाडौं । धनगढीमा अनसनरत डा. गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् । उनका सहयोगी डा. अमृत जैसीका अनुसार डा.केसी आफ्नै खर्चमा धनगढीबाट काठमाडौं आउन आगेका हुन् ।

विगत १० दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न सात बुँदे माग राखेर आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि सरकारले नेपाली सेनाको हेलिकप्टरमा उद्धार गर्ने प्रयास गरेको थियो ।
जसका लागि सेनाको हेलिकप्टर धनगढी विमानस्थलसमेत पुगेको थियो ।तर, आमरण अनशनमा रहेका डा. केसीले सेनाको हेलिकप्टरमा काठमाडौं ल्याउन जबरजस्ती गरे ‘अपहरण गरेको ठहर्ने’ बताउँदै आएका थिए । केसीको स्वास्थ्यस्थिति झन् जटिल बनेपछि सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो ।
अस्पतालले डा. केसीको शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस् हुनसक्ने बताएको छ । अनशन बसेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।
डा. केसीको मागको विषयमा सरकारी वार्ता टोली र डा.केसी पक्षको वार्ता टोलीबीच आइतबारदेखि काठमाडौं अनौपचारिक तथा अनौपचारिक रुपमा वार्ता भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !