काठमाडौं । प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका-१ वाङथली घर भई हाल काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने २७ वर्षीय पेमा तामाङ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोकर्णेश्वरको नयाँबस्तीबाट मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत बालाजु पठाइएको प्रहरीले जनाएको छ ।
उनले बालाजु बाइपास तरूण स्कुल नजिक सडक किनारमा पार्किङ गरी राखेको बागमती प्रदेश ०२-०२४ प८५५० नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल चोरी गरेको प्रहरीको दाबी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !