एजेन्सी । भारतीय अर्बपति मुकेश अम्बानीले आफ्नो कम्पनी रिलायन्सको उत्तराधिकारीका रुपमा छोरीलाई अघि सारेका छन्। रिलायन्स ग्रुप अफ कम्पनीको वार्षिक साधरणसभामा मुकेशले रिलान्यसको उत्तराधिकारीका रुपमा छोरी इशा अम्बानीलाई अघि बढाएको बीबीसीले जनाएको छ। उनले आफ्ना तीनवटै सन्तानका लागि नयाँ भुमिकाको घोषणा पनि गरेका छन्।
जस अन्तर्गत छोरी इशा र छोरा आकाशले रिलायन्यस अन्तर्गतको दुरसञ्चार कम्पनी र रिटेल व्यवसायको जिम्मेवारी पनि सम्हाल्नेछन् भने कान्छा छोरा अनन्तले उर्जासँग सम्बन्धित कम्पनी सम्हाल्नेछन्। सम्पत्ति मुल्यांकनका हिसाबले रिलायन्स अग्रणी स्थानमै पर्छ।
यसको कुल सम्पति २ सय २० अर्ब अमेरिकी डलर रहेको छ।आफ्ना सन्तती सम्पत्तिको किचलोमा नफसुन् भन्ने उद्देश्यले ६५ वर्षीय अम्बानीले अहिलेनै जिम्मेवारी तोकेको अड्कलबाजी भइरहेको छ। बाबुको निधनपछि उनी र भाई अनिल अम्बानीबीच सम्पत्ति विवाद थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !