काठमाडौं । नेपाली सेनाले २२९ जना सहायक सेनानी माग गरेको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि दरखास्त माग गरेको हो । आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।

खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने सेनाले जनाएको छ।सेनाको वेबसाइटबाट फारम डाउनलोड गरी भर्ना केन्द्रमा १० रूपैयाँको टिकट टाँसेर आवेदन भर्न सकिने सेनाले बताएको छ।
काठमाडौंस्थित स्वयम्भू बारूदखाना परिसर, इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर, महोत्तरी, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र कैलालीबाट पनि आवेदन फारम गर्न सकिने निर्देशनालयले जानकारी दिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !