Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चोलेन्द्रले न्यायाधीशको प्रलोभन देखाएका थिए, मैले मानिनँ : पूर्वमहासचिव पौडेल

चोलेन्द्रले न्यायाधीशको प्रलोभन देखाएका थिए, मैले मानिनँ : पूर्वमहासचिव पौडेल

काठमाडौं । नेपाल बार एशोसिएसनका पूर्वमहासचिव लीलामणि पौडेलले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीश बनाइदिने प्रलोभन देखाएको बताएका छन् । पछिल्लो समय आफू न्यायाधीश हुने लाइनमा नरहेको भन्दै उनले न्याय परिषदमा दिएको बायोडेटा समेत फिर्ता लिएको बताए ।

बिहीबार महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा जबराले बारका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव पौडेलमाथि न्यायाधीश खोजेको आरोप लगाएका थिए । बिहीबार समितिमा उपस्थित भएका श्रेष्ठ र पौडेल दुबैले जबराले लगाएको आरोप अस्वीकार गरे । बरु जबराले आफूलाई पटक–पटक न्यायाधीश बनाउने प्रलोभन देखाएको पौडेलले बताए ।

उनका अनुसार २६ मंसिर २०७७ को न्याय परिषद् र नेपाल बारको संयुक्त बैठकमा तत्कालीन प्रधानन्यायाधीश जबराले १२ जना मुख्य न्यायाधीश बनाउने प्रस्ताव गरेको सुनाए । पौडेलले भने, ‘त्यो मिटिङमा चोलेन्द्रशमशेर राणाले अदालतमा न्यायाधीशको संख्या कम भयो । हाइकोर्टहरुमा १८९ गर्नुपर्‍यो, मुख्य न्यायाधीश ७ ले भएन, १२ गर्नुपर्‍यो भन्नुभयो । त्यसो हुँदा वकिलबाट पनि धेरै जना न्यायाधीश बनाउन सकिन्छ । १२ जना मुख्य न्यायाधीश भयो भने ७ जना अहिले छन् । ५ जना थपिँदा २ जना (कानुन व्यवसायीबाट) थप्न सकिन्छ ।’

कानुन व्यवसायीहरुलाई लोभ देखाएपछि आफूले संविधानप्रतिकुल प्रस्ताव राखेको भन्दै विरोध गरेको पौडेलले बताए । संविधानले ७ वटा उच्च अदालतलाई चिन्ने भन्दै उनले भने, ‘७ वटा उच्च अदालत हुन्छ भने मुख्य न्यायाधीश पनि ७ नै हुन्छ । ५ मुख्य न्यायाधीश कुन कानुनले राख्नुहुन्छ भनेर मैले प्रश्न गरेको छु ।’

न्याय परिषद् ऐनमा उच्च अदालतमा १६० जना न्यायाधीश हुन्छ भनेर किटान गरेकाले त्यो संशोधन नगरी न्यायाधीश पनि थप्न नसकिने आफूले बताएको पौडेलले सुनाए । ‘तपाईं त्यसो नभनिदिनुस्, मैले सम्माननीय प्रधानमन्त्रीजीसँग पनि कुरा गरेको छु, अर्थमन्त्रीजीसँग पनि कुरा गरेको छु । उहाँहरुले बजेट दिन्छु भन्नुभएको छ । उहाँहरुलाई नियुक्त गर्ने, न्याय परिषद्मा काजमा राख्ने भन्नुभयो’ पौडेलले भने, ‘ओपन सेक्रेट नै भए पनि म नाम लिन्नँ । उहाँलाई कसैलाई मुख्य न्यायाधीश बनाउनु थियो । त्यसका लागि नेपाल बारले मानिदिए कानुन, संविधानमा भाँडमा जाए, अर्थमन्त्रालयले तलब दियो, नियुक्त गर्‍यो । काम कहाँ लगाउने रे भन्दा काजमा राख्ने ।’

त्यसको ३ दिनपछि जबराले आफूलाई लिन गाडीमा पठाएको र त्यो बेला फकाउन खोजेको बताए । १२ जना मुख्य न्यायाधीश राख्दा थपिने ५ मध्ये ३ जना उच्च अदालतका वरिष्ठ न्यायाधीशबाट ल्याउने र बाँकी २ जनामध्ये एक आफूलाई बनाउने प्रस्ताव तत्कालीन प्रधानन्यायाधीश जबराले राखेको उनले सुनाए ।

‘श्रीमान, मैले नेपाल बारको चुनाव त्यसै जितेको छैन । निर्वाचनका दौरानमा कार्यकालभर नेपाल सरकारले अफर गर्ने कुनै नियुक्ति लिन्नँ भनेर आएको हुँ भनेको छु,’ बारका पूर्व महासचिव पौडेलले भने, ‘हजुर मलाई मुख्य न्यायाधीश बनादिनुस् भनेर मैले कसैलाई पनि भनेको छैन ।’

पौडेलले बार महासचिवको चुनाव लड्ने भएपछि न्याय परिषद्मा बुझाएको आफ्नो फाइल नै फिर्ता लिएको सुनाए ।

न्यायाधीश नियुक्तिबारे तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र आफूसँग भएको एउटा छलफलमा समावेशिता र समानुपातिक नभएको विषय उठाएको बताए । जनजातितर्फ महर्जन थर र तामाङ समुदायबाट उच्च अदालतमा न्यायाधीश नदेखेपछि आफूले समावेशी बनाउन सुझाव दिएको पौडेलले बताए । उनले अघि भने, ‘त्यसको २÷३ दिन पछाडि तपाईंले तामाङ, महर्जन भन्नुभयो को छन् ? भन्दा खोज्नुस् न, जति पनि हुनसक्छन् भनेको हुँ ।’

आफूसँग हिँड्ने गरेका कारण सञ्जीवकुमार लामाको बायोडेटा मागेपछि दिने बाहेक अरु काम नगरेको उनले बताए । आफूले भनेकै करण फुर्वा तामाङ उच्च र तारा महर्जन जिल्ला न्यायाधीश भएको पूर्व महासचिव पौडेलले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh